Jan 09, 2024

|एक एक पाइलाको २८ औ पाइलामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

एक एक पाइलाको २८ औ पाइलामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

मिति २०८० साल कार्तिक १९ र २० गते एक एक पाइलाको २८ औ पाइला अन्तर्गत कर्णाली प्रदेशको हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं ४ याल्वांगमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । सोहि शिविरमा स्वास्थ्य चेक जाचँको क्रममा नाम्खा गाउँपालिका वडा नं २ च्यादुक निवासी आनि गुम्बा मा रहदै आएकी श्री पेमा छोड्की लामाको दाहिने हातको पाखुरा मुनि मासु पलाएको पहिचान गरियो । पेमा लामाको उपचार हुम्ला जिल्लामा सम्भब थिएन , उनीलाई काठमाडौँ सम्म ल्याएर उपचार गराउन उनको परिवार को आर्थिक स्रोतले पुग्दैन थियो । यस चुनौती का बाफजुद उनको उपचारका लागि म्युजिक फर मेडिसिन , नाम्खा गाउँपालिका लगायत अन्य दाताहरु को आर्थिक सहयोगले काठमाडौँ सम्म ल्याएर उपचार सम्भव भयो । शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएकोमा सम्पुर्ण सहयोगी मनहरु लाई एक एक पाइला धन्यबाद व्यक्त गर्दछ ।